शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

आगामी निर्वाचनमा प्रचण्डको पार्टी पत्तासाफ हुन्छः गोकुल बाँस्कोटा

आगामी निर्वाचनमा प्रचण्डको पार्टी पत्तासाफ हुन्छः गोकुल बाँस्कोटा

Gokul Baskota

 

काभ्रे पुष १७। नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाले आगामी निर्वाचनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) पत्तासाफ हुने बताएका छन । अनेरास्ववियू काभ्रेको २९औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बाँस्कोटाले माओवादी केन्द्र खास साइजमा आउने उनले बताए ।

आगामी निर्वाचनमा जनताले माओवादी केन्द्रलाई ३ देखि ५ सिटमा सीमित गरिदिएपछि प्रचण्डको पार्टी कोल्याप्स हुने बाँस्कोटाको दाबी छ । ‘निर्वाचनपछि तीनदेखि पाँच सिटमा सीमित गरेर जनताले खास साइजमा ल्याउँछन्,’ उनले भने, ‘त्यसपछि प्रचण्डको पार्टी कोल्याप्स हुन्छ ।’ प्रचण्डको पार्टी कोल्याप्स भएपछि मात्रै कम्युनिष्ट आन्दोलन शुद्धिकरण हुने र विकास निर्माणले गति प्राप्त गर्ने उनको तर्क छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend