शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमाले नेता रायमाझी एकीकृत समाजवादीमा प्रवेश

एमाले नेता रायमाझी एकीकृत समाजवादीमा प्रवेश

 

 

काठमाडौं पुस १७ । नेकपा एमाले पाल्पाका पूर्व जिल्ला अध्यक्ष एवं पूर्व सांसद यादवबहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । रायमाझीले शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधान र कम्युनिष्ट आचरणविपरीत अधिनायकवादी सोचअनुसार सञ्चालन गरेकाले एकीकृत समाजवादी रोजेको बताए ।

विगतदेखि नै पार्टीमा चरम विकृति र विसङ्गति बढेको र त्यसलाई सच्याउन प्रयास गरे पनि असफल भएको रायमाझीले उल्लेख गरे । रायमाझीले एकीकृत समाजवादीले दिने जिम्मेवारी इमान्दारीपूर्वक निभाउने बताएका छन् ।

एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले उनीसँगै एमाले जिल्ला कमिटी सदस्यहरू धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, महेश बराल एकीकृत समाजवादीमा प्रवेश गरेका बताए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend