काठमाडौं पुष १७ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो दल बन्ने बताएका छन्।
राजधानीमा आयोजित कार्यक्रममा नेता प्रसाईँले यस्तो बताएका हुन्। उनले मुलकको मुख्य प्रशासनिक केन्द्र (सिंहदरबार)ले पनि प्रधानमन्त्रीको रूपमा आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई पर्खिएर बसेको बताए।
‘प्रिय पार्टी भनेको नै एमाले हो। अब जनताले एमालेलाई रोज्छन्। किनकि हामीले काम गरेका छौं,’ उनले भने। उनले आगामी निर्वाचनमा जम्मा एक करोड मत खस्यो भने ७० लाख मत त एमालेलाई मात्रै आउने बताए।
‘यो देशमा माओवादी नै छैनन् नि, कहाँबाट मिल्नु म माओवादी थिएँ, अहिले एमालेमा गइसकेँ। असली माओवादी त जम्मै गइसके। अहिले कति छन् प्रज्ञा भवनमा हेर्नुहोस् न, सिनेमा हलमारु आज ७ दिन भयो।
हजार मान्छे होलान् त्यहाँ। हाम्रो महाधिवेशनमा दस लाख मान्छे थिए। तर, हाम्रो ठूला मिडियाले कभरेज गर्न मानेनन्। कन्जुस्याईँ गरे। अब कन्जुस्याईँ नगर्नुहोस, भएको कुरा लेख्नुहोस्,’ उनले भने।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend