राम प्रसाद रिजाल,
मैले नेकपा एकिकृत समाजवादी (परिवारवादी) नामक पार्टीको आन्द्रा भुडी कलेजो मुटु फोक्सो मृगौला टाउको लगाएत सबै अंगहरू छामेर एमालेमा आएको हो। त्यसैले परिवारवादीका कमरेडहरुले अरू सोझा सिधा जनताहरुलाई ढांटे झै म संग कुरा नगरौ ।
समाजवादी नामक पार्टीका कोही नेता छन रामप्रसाद रिजाल संग मिडियालाई राखेर बहस गर्नै हिम्मत छ ? पदाधिकारी का नातागोता आफन्तहरूलाई राखेर बनाएको पार्टी बाट समाजवाद आउंछ ? एक व्यक्ति एक पद भनेको एक जना व्यक्ति लाई ९, १० वटा पद बांड्नु भनेको हो माधव कमरेड ? आंखामा पट्टी बांधेर म जस्तै हिजो माकुनेका पछी लाग्ने कमरेड हरूलाई नेकपा एमालेमा आएर राजनीति भविष्य सुनिश्चित गर्नूहोस।
प्रतिगामी तानाशाही गणतंत्र विरोधी संविधान विरोधी पार्टीहरु कांग्रेस माओवादी परिवारवादी जसपा लोसपा राप्रपा हुन यि पार्टी हरुबाट मुलुकमा न समाजवाद आउंछ न आर्थिक समृद्धि हुन्छ न राष्ट्र र जनता को भाग्य भविष्य बन्छ ।
आफूलाई लोकतंत्रको हिमायती ठान्ने यी पार्टीका नेता कार्यकर्ता हरूले रामप्रसाद रिजालले संविधानले दिएको वाक स्वतन्त्रतालाई प्रयोग गरी सामाजिक सञ्जाल र संचार माध्यममा आफ्ना कुराहरु राख्दा मनपरी तरिकाले जंगली शब्दहरुले अपाच्य शव्दहरूले पागलहरुले बोल्ने लेख्ने भाषामा गालीगलौज गर्नु मलाई यही हो कांग्रेसको प्रजातांत्रिक समाजवादको विशेषता यही हो माओवादीको जनवाद यही हो एकिकृत समाजवादी को समाजवाद को मार्गदर्शन यही हो मधेशवादीको पहिचान र आत्मनिर्णय को अधिकार यही हो राप्रपाको नैतिक शिक्षा र सभ्यता यही हो जनमोर्चा माले लगाएतका पार्टी हरुको कम्युनिस्ट आचारण र सिद्धांत ।सबैलाई चेतना होस सबैको बुद्धिको बिर्को खुलोस यही छ मेरो सबै महानुभाव हरूलाई अंग्रेजी नंया वर्ष २०२२ को शुभकामना ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend