काठमाण्डौँ महानगरपालिका , धर्मपथस्थित ब्रिटिस गोर्खाली बचत तथा ऋण सहकारी संस्थाको सत्रौँ वार्षिक साधारण सभा शुक्रबार ( १३ कार्तिक, २०८३ ) सम्पन्न भएको छ। उक्त सहकारी संस्थाका अध्यक्ष जनम लामाको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा काठमाडौँ महानगरपालिका का प्रवक्ता नवीन मानन्धर प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए।
त्यसैगरी, साधारणसभामा काठमाडौँ महानगरपालिका वडा नम्बर-२२ का वडाध्यक्ष चीनकाजी महर्जन, नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान , उक्त सहकारीका सचिव मणिक लामा, कोषाध्यक्ष सबिना श्रेष्ठ, संचालक समितिका सदस्यहरू र सहकारीका शेयर सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सहकारीको आफ्नै भवनमा सम्पन्न साधारण सभाले संस्थाको समीक्षा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, कोषाध्यक्षको वित्तीय प्रतिवेदन र लेखा सुपरिवेक्षण प्रतिवेदन लगायत पारित गरेको अध्यक्ष जनम लामाले बताएका छन्।
सो अवसरमा अध्यक्ष लामाले संस्थाको वित्तीय अवस्था सन्तोषजनक रहेको र समग्र सहकारी क्षेत्रको प्रतिकुलताको बावजुद यस संस्थाको ऋण असुली प्रक्रिया पनि सुधारोन्मुख रहेको जानकारी दिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend