बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सुरक्षाकर्मीको योगदानको उच्च कदर हुनेछ, सुविधामा सम्झौता हुनेछैनः प्रधानमन्त्री बालेन

सुरक्षाकर्मीको योगदानको उच्च कदर हुनेछ, सुविधामा सम्झौता हुनेछैनः प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उद्धारमा खटिएका सुरक्षाकर्मीको योगदानको उच्च कदर हुने बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत विपद् प्रतिकार्यबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् । तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज संकटको बेला लाखौँ मानिसहरूले सुरक्षित महसुस गर्न पाउनुभएको छ। कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरु प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर हुनेछ। तपाईंहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्ने छैन, प्रधानमन्त्रीले भनेका छन् ।

शवलाई संवेदनशीलताका साथ व्यवस्थापन गर्न, प्रभावित क्षेत्रमा महामारी वा संक्रामक रोग फैलिन नदिन र शिविरहरूमा प्रभावितहरूलाई हौसला बढाउन तीन तहका सुरक्षाकर्मी प्रभावकारी रूपमा क्रियाशील रहेको उनको भनाइ छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल काँधमा काँध मिलाएर संकट व्यवस्थापनमा तैनाथ रहेको उनले बताएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend