काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि हाल दुवै नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। यद्यपि बाढीको जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउनुपर्ने देखिएको प्राधिकरणले जनाएको छ।
आज सोमबार बिहान गरिएको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली नदी तथा तिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको छ। त्यस्तै, कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव पनि सतर्कता तहभन्दा तल रहेको प्राधिकरणले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend