बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार र राहतमा जुट्न सुनचाँदी व्यवसायी महासंघ, मधेश प्रदेशको अपिल

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार र राहतमा जुट्न सुनचाँदी व्यवसायी महासंघ, मधेश प्रदेशको अपिल

जनकपुरधाम । नेपाल सुनचाँदी व्यवसायी महासंघ, मधेश प्रदेशले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनर्स्थापनामा जुट्न सबैसँग अपिल गरेको छ।

महासंघका मधेश प्रदेश अध्यक्ष रामजी साहद्वारा जारी प्रेस विज्ञप्तिमा २०८३ साल भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भोटेकोशी र त्रिशूली नदीका तटीय क्षेत्रमा ठूलो प्राकृतिक विपत्ति उत्पन्न भएको उल्लेख गरिएको छ। बाढीका कारण कयौं नागरिक सम्पर्कविहीन भएको, ठूलो संख्यामा नागरिक विस्थापित भएको तथा ठूलो जनधनको क्षति भएको घटनाले महासंघ स्तब्ध बनेको विज्ञप्तिमा जनाइएको छ।

महासंघले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

विज्ञप्तिमार्फत बेपत्ता तथा सम्पर्कविहीन नागरिकहरूको यथाशीघ्र खोजी गरी उद्धार गर्न सम्बन्धित सबै निकाय, सुरक्षा संयन्त्र तथा सरोकारवालासँग हार्दिक अपिल गरिएको छ।

प्राकृतिक विपत्तिको यस कठिन घडीमा प्रभावित नागरिकहरूको राहत, उद्धार, उपचार तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सम्पूर्ण व्यवसायीहरूलाई महासंघले आग्रह गरेको छ। महासंघले समस्त सुनचाँदी व्यवसायी तथा आफ्नो तर्फबाट समेत पीडितको सहयोगका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष साहले बताएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend