काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालले पार्टीको विधानबमोजिम सुनसरीको धरान निवासी शोभा लिम्बुलाई पार्टीको केन्द्रीय सदस्य तथा महिला केन्द्रीय सहसंयोजक पदमा मनोनीत गरेको छ।
पार्टी अध्यक्ष तारानाथ लुइटेलले शोभा लिम्बुलाई उक्त जिम्मेवारीमा मनोनीत गरेको जानकारी दिएका हुन्। पार्टीको संगठन विस्तार तथा महिला सहभागितालाई थप प्रभावकारी बनाउने उद्देश्यले उनलाई केन्द्रीय सदस्यसँगै महिला केन्द्रीय सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको बताइएको छ।
नवनियुक्त केन्द्रीय सदस्य तथा महिला केन्द्रीय सहसंयोजक लिम्बुलाई अध्यक्ष लुइटेलले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
लिम्बुको मनोनयनले पार्टीभित्र महिला नेतृत्वको भूमिका थप सशक्त हुने तथा धरानसहित कोशी प्रदेशमा पार्टीको संगठन विस्तार र सुदृढीकरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रजातान्त्रिक पार्टी नेपालले आगामी दिनमा देशभर संगठन विस्तार गर्दै महिला, युवा तथा विभिन्न समुदायको सक्रिय सहभागितामार्फत पार्टीलाई थप सुदृढ बनाउने जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend