आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

हरि बहादुर बिसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

हरि बहादुर बिसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं । जन सार्क समन्वय मञ्च काठमाडौं नेपालको दशौँ वार्षिक साधारण सभा शनिबार काठमाडौंको बबरमहलस्थित साफ फाल्चाको सभाहलमा सम्पन्न भएको छ।

सभाले मञ्चको नयाँ कार्यसमिति समेत चयन गरेको छ। दुई जना सदस्य पछि मनोनयन गर्ने गरी चयन गरिएको नयाँ कार्यसमितिको सभापतिमा हरि बहादुर बिसी, उपसभापतिमा दिनदयाल रिजाल, महासचिवमा भरत ढकाल, कोषाध्यक्षमा उमा तिमिल्सिना चयन भएका छन्।

त्यस्तै अन्तर्राष्ट्रिय सचिवमा धर्मेन्द्र यादव र सचिवमा विजया खनाल चयन भएका छन्। सदस्यहरूमा नवबहादुर लिम्बु, उदय केसी र देवराज ढकाल चयन भएका छन्।

साधारण सभामा मञ्चको विगतका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा दक्षिण एसियाली क्षेत्रका नागरिकबीच सहकार्य, सामाजिक एकता, आपसी सम्बन्ध तथा साझा सरोकारका विषयमा थप प्रभावकारी ढंगले काम गर्ने विषयमा छलफल भएको जनाइएको छ।

नवनिर्वाचित कार्यसमितिले मञ्चका उद्देश्य तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै नेपालसहित सार्क क्षेत्रका मुलुकबीच सामाजिक, सांस्कृतिक तथा मानवीय सम्बन्ध विस्तारमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend