बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सरकार–चिकित्सक सहमतिपछि अस्पताल सेवा पूर्ण रूपमा सञ्चालनमा

सरकार–चिकित्सक सहमतिपछि अस्पताल सेवा पूर्ण रूपमा सञ्चालनमा

काठमाडौं। सरकार र नेपाल चिकित्सक संघबीच भएको सहमतिपछि देशभरका अस्पतालहरूमा आजदेखि नियमित स्वास्थ्य सेवा पुनः सञ्चालनमा आएको छ। आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएसँगै बिरामीले आकस्मिकसँगै नियमित उपचार सेवा पनि सहज रूपमा पाउन थालेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि र चिकित्सक संघबीच बुधबार साँझ भएको वार्तामा पाँचबुँदे सहमति भएपछि जारी आन्दोलन अन्त्य भएको हो। सहमतिलगत्तै चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रम स्थगित गर्दै नियमित सेवामा फर्किने निर्णय गरेको थियो।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत एक चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। घटनापछि संघको आह्वानमा मंगलबार र बुधबार देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिक सेवाबाहेकका अधिकांश स्वास्थ्य सेवा बन्द गरिएका थिए, जसका कारण उपचारका लागि आएका सर्वसाधारण प्रभावित भएका थिए।

दुवै पक्षबीच सहमति जुटेपछि अस्पतालहरूको सेवा प्रणाली पुनः सामान्य अवस्थामा फर्किएको छ। स्वास्थ्य मन्त्रालय र चिकित्सक संघले सहमतिका बुँदाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्दै स्वास्थ्यकर्मीको सुरक्षा र नागरिकलाई निर्बाध स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिबद्धता जनाएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend