सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । विभिन्न स्थानमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आएको छ। आज बिहान सडकको १७ किलो र सिमलताल नजिक ढुङ्गा तथा लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।

सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी तथा इन्जिनियर कृष्ण आचार्यका अनुसार १७ किलोमा खसेको ढुङ्गा र सिमलताल नजिकको लेदोसहितको पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएको हो।

उनका अनुसार सुरुआतमा दुवै स्थानमा पहिरो पन्छाएर एकतर्फी रूपमा सवारी सञ्चालन गरिएको थियो। त्यसपछि सवारी चाप कम भएपछि पहिरो पूर्ण रूपमा हटाइएपछि आज दिउँसो ३ः१५ बजेदेखि सडक दुईतर्फी सञ्चालन गरिएको हो। सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै आवतजावत गर्ने सवारीसाधनको आवागमन सहज भएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend