काठमाडौं । नुवाकोटको त्रिशूली बजार नजिक नयाँ पुलबाट एक व्यक्ति त्रिशूली नदीमा हामफालेर बेपत्ता भएका छन् । नुवाकोट प्रहरीका अनुसार बिहीबार दिउँसो १ः१० बजेको समयमा नयाँ पुलबाट बिदुर नगरपालिका १० गेर्खुका अन्दाजी ३५ वर्षीय श्यामबहादुर मग्राती हामफालेर बेपत्ता भएका हुन् ।
घटनाबारे जानकारी पाउने बित्तिकै उद्धारका लागि घटनास्थलतर्फ प्रहरी र सशस्त्र प्रहरीको टोली खटिसकेको नुवाकोट प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend