काठमाडौं । राहदानी विभागले नयाँ राहदानी प्रणालीमा रूपान्तरणका कारण जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार २४ देखि २६ गते (जुलाई ८–१०) सम्म तीन दिन बन्द हुने जनाएको छ ।
त्यसैगरी, विभागबाट प्रत्यक्ष रूपमा प्रदान गरिने राहदानी सेवा असार २५ र २६ गते (जुलाई ९–१०) दुई दिन बन्द रहने विभागले शुक्रबार जारी गरेको सूचनामा उल्लेख गरेको छ ।
विभागका अनुसार हालको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण (Migration)गर्न लागिएको हो । नयाँ प्रणालीमार्फत राहदानी सेवा असार २९ गते (जुलाई १३) देखि नियमित रूपमा सञ्चालन हुने जनाइएको छ ।
यस अवधिमा सेवा लिनुपर्ने सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति विभागले क्षमायाचना गर्दै नयाँ प्रणाली कार्यान्वयनपछि सेवा थप सहज र नियमित हुने विश्वास व्यक्त गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend