सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अपराध र भ्रष्टाचार नियन्त्रण गर्न नसके मुलुक संकटमा पर्छ : गोविन्द्र निरौला

अपराध र भ्रष्टाचार नियन्त्रण गर्न नसके मुलुक संकटमा पर्छ : गोविन्द्र निरौला

काठमाडौं । नेपाल समाजवादी काँग्रेसका अध्यक्ष तथा वरिष्ठ राजनीतिज्ञ गोविन्द्र निरौला ले जघन्य अपराध, भ्रष्टाचार र अतिक्रमण नियन्त्रण गर्न नसके मुलुक गम्भीर संकटतर्फ जाने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले गत भदौ २३ र २४ गते भएका हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिमाथि कडा कारबाही हुनुपर्ने बताएका छन् । देशमा आगजनी गर्ने, जेल तोड्ने, हत्या तथा आतंक फैलाउने गतिविधिमा संलग्नलाई कानूनी दायरामा ल्याउन नसकिए मुलुक जोगाउन कठिन हुने उनको भनाइ छ ।

निरौलाले हत्या, अपहरण, बलात्कार, चोरी, डकैती र भ्रष्टाचारजस्ता जघन्य अपराधमा संलग्न सबैलाई कानुनअनुसार कारबाही गर्नुपर्ने उल्लेख गरेका छन् । उनले मिटरब्याजी, सहकारी ठगी तथा किर्ते–जालसाजी जस्ता अपराधलाई सामान्य रूपमा लिन नहुने बताएका छन् ।

उनले काठमाडौंसहित देशका विभिन्न स्थानमा किर्ते कागजात बनाएर अतिक्रमण गरिएका सरकारी तथा सार्वजनिक जमिन फिर्ता गरी राज्यको मातहतमा ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्नु अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै निरौलाले स्वतन्त्र र निष्पक्ष न्यायालयको आवश्यकता पनि औँल्याएका छन् । सरकार सुशासन र कानुनी शासनको पक्षमा अघि बढ्न नसके मार्ग प्रशस्त गर्नुपर्ने उनको आग्रह छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend