सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

विपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित

विपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विपक्षी दलले विरोध गरेका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाफको माग गर्दै विपक्षी दलका सांसदले अवरोध गरिरहेका छन् । प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै उनीहरूले अवरोध गरेका हुन् ।

विपक्षीको अवरोधबीच सभामुख डोलप्रसाद (डीपी) अर्यालले पेलेरै बैठक अघि बढाएका छन् । प्रधानमन्त्री जवाफ दिन छिटै आउने भन्दै उनले आसनमा बस्न आग्रह गर्दा विपक्षी पछि नहटेपश्चात् बैठकका काम–कारबाही अघि बढाएका हुन् । अवरोधसँगै बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend