सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आज ५ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने

आज ५ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शंखमुल फिडरअन्तर्गतका क्षेत्रमा आज ५ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनामा आज बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने उल्लेख छ।

विद्युत् आपूर्ति बन्द हुने क्षेत्रहरूमा शंखमुल दोभान पुल, श्रीनगर, मार्ग, बागमती बुद्ध बिहार, शंखमुल पुल एरिया, रोजबड स्कुल, भृगु मार्ग र रुद्रमति मार्ग छन्।

प्राधिकरणका अनुसार हाल शंखमूल फिडरअन्तर्गतका क्षेत्रमा बिजुली वितरण प्रणालीलाई भूमिगत गर्ने कार्य भइरहेकाले विद्युत् आपूर्ति बन्द हुने सूचनामा उल्लेख छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend