सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

देश रहन्छ कि रहँदैन भन्ने अवस्था सिर्जना भइसकेको छः लुईटेल

देश रहन्छ कि रहँदैन भन्ने अवस्था सिर्जना भइसकेको छः लुईटेल

काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष डा. तारानाथ लुईटेलले पूर्वमन्त्री चित्र बहादुर केसीको अभिव्यक्तिप्रति समर्थन जनाउँदै राज संस्थाको पुनःस्थापनाका लागि सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने बताएका छन्।

एक वक्तव्य जारी गर्दै डा. लुईटेलले प्रधानमन्त्री बालेन्द्र शाह राज संस्था पुनःस्थापनाको उद्देश्यसहित अगाडि बढिरहेको भन्दै त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखेका हुन्।

उनले २०६२ साल वैशाख २५ गते तत्कालीन राजा र राजनीतिक दलहरूबीच भएको पाँचबुँदे सहमतिलाई बेवास्ता गरिएको आरोप लगाउँदै त्यसपछिका २२ वर्षमा राजनीतिक दलहरूको शासनले देशलाई संकटतर्फ धकेलेको टिप्पणी गरे।

देश रहन्छ कि रहँदैन भन्ने अवस्था सिर्जना भइसकेको छ, वक्तव्यमा उल्लेख गर्दै उनले वर्तमान राजनीतिक परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

डा. लुईटेलले देश सबैको साझा सम्पत्ति भएकाले राष्ट्रिय एकता, स्थायित्व र देश बचाउने उद्देश्यका साथ राज संस्थाको पुनःस्थापनामा सबै दलहरू एकजुट हुनुपर्ने धारणा पनि राखेका छन्। साथै उनले पूर्वमन्त्री चित्रबहादुर केसीलाई सम्बोधन गर्दै अब नडराउन आग्रह गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend