सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गलकोट हटियामा रास्वपा बागलुङको जिल्ला समिति बैठक सम्पन्न

गलकोट हटियामा रास्वपा बागलुङको जिल्ला समिति बैठक सम्पन्न

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङ जिल्ला समितिको बैठक गलकोट हटियामा सम्पन्न भएको छ। बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकमा संगठन विस्तार, जनतासँगको सम्बन्ध सुदृढीकरण, आगामी कार्यक्रमहरूको योजना तथा समसामयिक राजनीतिक विषयहरूमा व्यापक छलफल गरिएको थियो। सहभागीहरूले पार्टीलाई स्थानीय तहसम्म प्रभावकारी बनाउँदै जनतामाझ थप सक्रिय रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिएका थिए।

छलफल पश्चात् संगठनलाई वडा तहसम्म सशक्त बनाउने, जनमुखी कार्यक्रमहरू सञ्चालन गर्ने तथा जिल्लामा पार्टीको उपस्थितिलाई थप प्रभावकारी बनाउने महत्वपूर्ण निर्णयहरू गरिएको छ। साथै, जिल्ला भित्र सञ्चालन हुने सबै कार्यक्रमहरू जिल्ला समितिको समन्वय र निर्देशनमा सञ्चालन गर्ने सहमति समेत भएको छ।

बैठकबारे जानकारी दिँदै टेक पुन मगरले पार्टी संगठनलाई थप मजबुत बनाउँदै जनतासँग प्रत्यक्ष रूपमा जोडिने अभियानलाई तीव्र बनाइने बताएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend