काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठन भएको एक महिना पूरा भएको अवसरमा रास्वपा युवा नेता टेक बहादुर पुन मगर ले सरकारप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले २०८२ फाल्गुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछि झण्डै दुई तिहाइ मतसहित बनेको सरकारको ३० दिनको कार्यसम्पादनले नागरिकमा नयाँ आशा जगाएको बताएका छन्।
उनले लेखेका छन् कि १०० दिने करारनामा प्रस्तुत गर्दै बनेको सरकार भए पनि सुरुवाती ३० दिनमै देखिएको सक्रियता र कामको गति उत्साहजनक रहेको छ। “सरकारले छोटो समयमै गरेका काम र निभाएको जिम्मेवारीले नागरिकहरू हौसिएका छन् र अझ बढी आशावादी बन्दै गएका छन्,” उनले उल्लेख गरेका छन्।
उनले ‘बालेन सरकार’ प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी कामको अपेक्षा पनि गरेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend