काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले सम्पत्ति छानबिनका लागि आयोग बनाएको छ ।मन्त्रिपरिषद्को बैठकले २०६२र०६३ यताको सम्पत्ति छानबिनका लागि आयोग बनाउने निर्णय गरेको हो ।
सरकारले पाँच सदस्यीय छानबिन आयोग गठन गरेको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा छानबिन आयोग रहने छ । उक्त आयोगमा पूर्वन्यायाधीशहरू पुरुषोत्तम पराजुली, चण्डिराज ढकाल, पूर्वप्रहरी नायवमहानिरीक्षक गणेश केसी र चार्टड एकाउन्टेन्ट प्रकाश लम्साल छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend