काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव सिफारिस गरिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले उनीहरूलाई शुक्रबार राष्ट्रपतिसमक्ष मन्त्रीका लागि सिफारिस गरेका हुन् । आजै उनीहरूले राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यसूची तय गरिएको छ ।
गौरीकुमारीले महोत्तरी ४ र रामजीले सप्तरी २ बाट प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका थिए । बिहीबार प्रधानमन्त्री बालेन्द्र साहले श्रममन्त्री दीपक साहलाई पदमुक्त गरेका थिए भने उद्योग मन्त्रालय आफैले सम्हाल्दै आएका थिए । यससँगै शाह नेतृत्वको मन्त्रिपरिषद् १६ सदस्यीय बनेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend