काठमाडौं । केपी शर्मा ओली र रमेश लेखक लाई हाजिर जमानीमा छाड्ने निर्णय भएको छ। सर्वोच्च अदालत को आदेशअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले दुबैलाई छाड्ने निर्णय गरेको हो। एसपी पवनकुमार भट्टराईका अनुसार सरकारी वकिलको कार्यालय काठमाडौंको सहमतिमा उनीहरूलाई नजिकका व्यक्तिको जिम्मामा रिहा गरिनेछ।
भदौ २३ गतेको घटनासँग सम्बन्धित ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको भए पनि थप म्याद नथप्न अदालतले परमादेश दिएपछि उनीहरूलाई हिरासतबाट मुक्त गरिएको हो। अनुसन्धान जारी रहने प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend