सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुने

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुने

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ ।संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

प्रतिनिधिसभाका सचिव हर्कराज राईले जारी गरेको सूचनामा दिउँसो २ः३० बजे उम्मेदवारको नामावली प्रकाशन गरिने उल्लेख छ ।उपसभामुख चयन प्रक्रिया संसद् सचिवालयले तय गरेको तालिकाअनुसार अघि बढिरहेको छ । उपसभामुखको निर्वाचन भने शुक्रबारका लागि निर्धारण गरिएको छ ।

सभामुख डिपी अर्यालले शुक्रबार अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा निर्वाचन गरिने मिति तोकेका छन् । संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक–फरक दलबाट हुनुपर्ने प्रावधान रहेको छ । हाल सभामुख पुरुष भएकाले उपसभामुख पदमा महिला निर्वाचित हुने निश्चित जस्तै देखिएको छ । यसले विपक्षी दलहरूबाट उम्मेदवारी पर्ने सम्भावना बढाएको छ ।

प्रतिनिधिसभामा दलगत समीकरणका आधारमा समर्थन जुटाउने प्रयास तीव्र बनेको छ ।रास्वपाको समर्थन निर्णायक बन्न सक्ने राजनीतिक वृत्तमा चर्चा छ । यससँगै उपसभामुख चयनलाई लिएर दलहरूबीच अन्तिम गृहकार्य तीव्र बनेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend