सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले लिए शपथ, अब सांसदहरूलाई शपथ खुवाउने जिम्मेवारी

ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले लिए शपथ, अब सांसदहरूलाई शपथ खुवाउने जिम्मेवारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक औपचारिक समारोहबीच केसीले शपथ लिएका हुन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्ये उमेरका आधारमा केसी ज्येष्ठ सदस्यका रूपमा पहिचान भएका हुन्।

यसपटकको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सांसद निर्वाचित भएका छन्। नेपाली कांग्रेसका नेता केसी समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।

संविधानअनुसार ज्येष्ठ सदस्यले अन्य निर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउने व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार अब केसीले आगामी चैत १२ गते बिहीबार प्रतिनिधिसभामा निर्वाचित सबै सांसदहरूलाई शपथ खुवाउने कार्यक्रम तय भएको छ।

यो प्रक्रियासँगै नयाँ प्रतिनिधिसभा औपचारिक रूपमा सक्रिय हुने चरणमा प्रवेश गर्नेछ। संसद्को पहिलो बैठक, सभामुख चयन तथा सरकार गठनका प्रक्रियाहरू समेत यसपछि तीव्र रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend