काठमाडौँ । प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष डा. तारानाथ लुईटेल ले एसपीपी (State Partnership Program) पास गरिए देश विदेशी शक्तिको प्रभावमा जाने चेतावनी दिएका छन्। उनले यस्तो कदमले मुलुकलाई गम्भीर संकटतर्फ धकेल्ने दाबी गरेका छन्।
अध्यक्ष लुईटेलले एक वक्तव्य जारी गर्दै एसपीपी जस्ता सम्झौतामार्फत राष्ट्रिय स्वाधीनता कमजोर हुने र नेपाल विदेशी शक्तिको नियन्त्रणमा पुग्ने खतरा रहेको उल्लेख गरेका छन्। उनले यस्तो निर्णय गर्ने व्यक्तिहरू अन्ततः “आगोको भुँडंग्रोमा पर्ने” भन्दै कडा आलोचना गरेका छन्।
उनले वर्तमान राजनीतिक व्यवस्थाले देशलाई सही दिशामा लैजान नसकेको आरोप लगाउँदै राजासहितको प्रजातन्त्र पुनःस्थापना गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। सोही व्यवस्थामार्फत मात्र राष्ट्रियता जोगाउन सकिने र देशलाई बाह्य हस्तक्षेपबाट मुक्त राख्न सकिने उनको भनाइ छ।
लुईटेलले सम्पूर्ण देशभक्त नागरिकलाई एकजुट हुन आह्वान गर्दै नेपाललाई विदेशी प्रभावबाट जोगाउन वैकल्पिक राजनीतिक मार्ग रोज्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend