सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अमेरिकी दूतावासको वक्तव्यबारे राजनीतिक दल किन मौन ? सतर्क रहन ढकालको आग्रह

अमेरिकी दूतावासको वक्तव्यबारे राजनीतिक दल किन मौन ? सतर्क रहन ढकालको आग्रह

 काठमाडौं । पेशागत महासंघ नेपालका अध्यक्ष पून्य प्रसाद ढकालले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि अमेरिकाको काठमाडौँस्थित दूतावासले जारी गरेको वक्तव्यबारे राजनीतिक दलहरू मौन रहेको भन्दै यस विषयमा गम्भीर भएर सोच्न र सतर्क रहन आग्रह गरेका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ढकालले अमेरिकी दूतावासले नेपाली जनतालाई निर्वाचनका लागि बधाई दिँदै अब बन्ने सरकारसँग समृद्धि र सुरक्षासम्बन्धी सहकार्य गर्न तयार रहेको उल्लेख गरेको विषयप्रति ध्यान दिनुपर्ने बताएका हुन्।

ढकालले यस्तो वक्तव्यपछि पनि देशका राजनीतिक दलहरू चुप बसिरहेको भन्दै प्रश्न उठाएका छन्। उनले राष्ट्रिय हित र स्वाधीनतासँग जोडिने विषय भएकाले यसबारे सबैले सचेत भएर सोच्नुपर्ने बताएका छन्।

फेसबुकमा उनले लेखेका छन्, “यस निर्वाचनलाई अमेरिकी दूतावासको वक्तव्यमा नेपाली जनतालाई बधाई दिँदै अब बन्ने सरकारसँग समृद्धि र सुरक्षासम्बन्धी सहकार्य गर्न तयार रहेको भनिएको छ। यस विषयमा राजनीतिक दलहरू किन चुप छन् ? सतर्कता अपनाउनुपर्छ, सोचौँ।”

ढकालले यस्ता विषयमा देशको हितलाई केन्द्रमा राखेर राजनीतिक दलहरूले स्पष्ट धारणा राख्नुपर्ने आवश्यकता पनि औँल्याएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend