सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अर्घाखाँचीमा हरि भुसालको फराकिलो अग्रता

अर्घाखाँचीमा हरि भुसालको फराकिलो अग्रता

  • शुक्रबार, २२ फाल्गुन २०८२

अर्घाखाँची । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि भुसाल ले उल्लेख्य अग्रता हासिल गरेका छन्।

सन्धिखर्क नगरपालिकाका सबै वडा तथा शितगंगा नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८ र ९ को मतगणना सम्पन्न हुँदा भुसालले १२ हजार २७७ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्।

त्यस्तै नेकपा एमालेका उम्मेदवार पिताम्वर भुसाल ले ७ हजार ७७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार बिष्णु मुस्कान ले ६ हजार ५१७ मत ल्याएका छन्।

हालसम्मको मतपरिणाम अनुसार रास्वपाका भुसालले आफ्ना प्रतिस्पर्धीहरूलाई उल्लेख्य मतान्तरले पछि पारेका छन्। बाँकी क्षेत्रको मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने बताइएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend