सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल भारत विश्व मैत्री संघको छैठौं बार्षिक साधारण सभा सम्पन्न

नेपाल भारत विश्व मैत्री संघको छैठौं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल भारत विश्व मैत्री संघ सामाजिक संस्थाको छैठौं बार्षिक साधारण सभा संस्थाका कार्यबाहक अध्यक्ष  युबराज श्रेष्ठको अध्यक्ष्यतामा काठमाडौको मध्य बानेश्वर स्थित सनराईज क्याफेमा सम्पन्न गरियो र सभाको संचालन एंव उद्घोषण संस्थाका महासचिब किरण राज रेग्मीले गर्नुभयो ।

प्रमुख अतिथिहरुमा लुम्बिनी प्रदेशका पुर्व मंन्त्रि अजय शाहि , बरिष्ठ अतिथिमा कामनपा ३१ का बडा अध्यक्ष सरोज ढकाल , अतिथि हरुमा क्रमश अधिबक्ता दिपक शर्मा दुबे , अधिबक्ता बिक्रम बहादुर कुबँर , अधिबक्ता दिनदया रिजाल , ज्योतिष्य गुरु शिव भबानी , पुर्व डि आईजि रमेश खरेल , पुर्व एस एस पि नारायण प्रसाद आचार्य , पुर्व प्रशाशक नारायण प्रसाद अधिकारी, बिजेन्द गौतम लगायत स्थानिय ,राजनितिक दल काग्रेस , एमाले , राप्रपाका प्रतिनिधिहरु र बौदिक नागरिक समाजका समुदायहरु तथा पत्रकार बन्धुहरु रहनु भएको थियो । अतिथि ज्युहरुले नेपाल भारत बिचका मैत्रिपुर्ण सद्भाब सम्वन्धहरुका बारेमा परिचर्चा गरि संस्थाले बर्तमान अबस्थामा खेल्नु पर्ने भुमिकाहरुको लागि बक्ता ज्युहरु ले राय सुझाब दिनुको साथै संस्थाको छैठौं बार्षिक साधारण सभा भब्य रुपमा सम्पन्न गरिएकोमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गनुभयो । सभाको उद्घाटन समारोह सभा अध्यक्ष तथा अतिथि ज्युहरुले सामुहिक रुपमा पानसमा दियो बालेर सम्पन्न गर्नुको साथै कन्या कुमारि द्धारा अतिथि ज्युहरुलाई पहुपतिनाथ भगबानको चन्दन तथा रुद्राक्ष्यको माला बितरण कार्य गरियो । सभामा दुबै राष्ट्रको राष्ट्रिय झण्डा ( ध्वजा ) फर फराउदै राष्ट्रिय गानको ध्वनि बाँचन कार्य गरिएको थियोे ।

संस्थागत परिचय सहित संस्थाको भाबि योजना तथा रोड म्याप प्रतिबेदनहरु र संस्था गरिने कार्यक्रमको सम्वन्धमा महासचिव किरण राज रेग्मीले प्रकाश पार्दै नेपाली भुमि बाट छिमिकि मुलुक बिरुद्धको कार्यक्रम गर्न नहुने र छिमेकी मुलुकको भुमि बाट पनि नेपाल बिरुद्धको गतिविधि हुन नहुने जस्ता कार्यक्रममा जोड दिदै युगौ युग देखि चलिआएको हामिहरु बिचको धर्म संस्कृति तथा बंशजको आधारको परमपरागत हरुको रक्षा गर्नुको साथै गौ रक्षा गरि दुई देश बिच सहित छिमिकि मुलुकहरु सग संस्थाले पुलको काम गर्नुको साथै धर्म संस्कृति परमपरा राजनितिक व्यापार ब्यबसाय सामाजिक कृषि कार्यहरु लगायत संमाजिक संस्थाहरुले गर्ने हर प्रकारको कार्यहरु गर्ने कुरा सभा समक्ष जानकारी गराउनु भयो ।
साधारणसभाले कार्य बाहक अध्यक्ष युबराज श्रेष्ठ लाई नै समितिको बाँकि रहेको अबधिको लागि अध्यक्षको जिम्मेवारी दिने प्रस्ताबलाई सर्व सम्मत रुपले पारित गर्दै अन्य पदाधिकारी तथा सदस्यहरुको पदिय दायित्व हेरफेर र फेरबदल तथा पदमुक्त भएको हरुलाई ब्यबस्थापन गर्ने जिम्माको अख्तियारिनामा कार्य समितिलाई प्रदान गरियो । देशको बर्तमान अबस्थानुसार कार्यक्रम हरु संचालन गर्ने कुरा महासचिव ध्दारा जानकारी गराईयो । सभामा उपस्थित हुनु भएका हरुलाई सभाका उपाध्यक्ष श्री ज्य‍ोति राज राई र राधा देबि भण्डारी र सीताराम पोखरेल श्याम कुमार थापा बाट स्बागत तथा सम्मान कार्य गर्नुका साथै सभा सम्पन्नता गरियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend