सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रास्वपाका नेता पार्टी परित्याग गरी राष्ट्रिय एकता दलमा प्रवेश

रास्वपाका नेता पार्टी परित्याग गरी राष्ट्रिय एकता दलमा प्रवेश

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपा बारा क्षेत्र नम्बर ४ का उपसभापति दीपक पंडित तथा पार्टी नेता श्याम बाबु पाण्डेयले पार्टी परित्याग गरी राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन्।

एक कार्यक्रमका बीच राष्ट्रिय एकता दलका केन्द्रीय अध्यक्ष तथा बारा ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनय यादवले उनीहरूलाई पार्टीमा औपचारिक रूपमा स्वागत गरेका हुन्।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नवप्रवेशी नेताहरूले देशमा सुदृढ राष्ट्रिय एकता कायम गर्ने र हिन्दू राष्ट्र स्थापनाको अभियानमा सहभागी हुन राष्ट्रिय एकता दल रोजेको बताएका छन्। आगामी दिनमा संगठन विस्तार र जनताको हितका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता पनि उनीहरूले व्यक्त गरे।

कार्यक्रममा राष्ट्रिय एकता दलका नेताहरूले दीपक पंडित र श्याम बाबु पाण्डेयको प्रवेशले बारा क्षेत्र नम्बर ४ मा पार्टीलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा स्थानीय कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend