सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देही क्षेत्र नं. ३(ख) को सम्पर्क कार्यालय उद्घाटन

राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देही क्षेत्र नं. ३(ख) को सम्पर्क कार्यालय उद्घाटन

रुपन्देही । आज  राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देही संसदीय क्षेत्र नम्बर ३(ख) को सम्पर्क कार्यालय एक कार्यक्रमबीच उद्घाटन गरिएको छ। सम्पर्क कार्यालयको उद्घाटन संसदीय उम्मेदवार क्या. गौरव बोहराले गर्नुभएको हो।

उद्घाटन कार्यक्रम रुपन्देही क्षेत्र नम्बर ३(ख) का अध्यक्ष श्री प्रेम बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य स्वाति थापा प्रमुख अतिथिको रूपमा उपस्थित रहनु भएको थियो भने केन्द्रीय सदस्य वसन्त विक्रम शाही विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो।

कार्यक्रममा राप्रपाका रुपन्देही जिल्ला अध्यक्ष श्री सागर प्रताप राणा, क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा पार्टीका युवा नेता गौरव बोहरा, राप्रपाका जिल्ला सचिव श्री बलराम शर्मा लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले सम्पर्क कार्यालय पार्टी र जनताबीचको सेतुका रूपमा काम गर्ने विश्वास व्यक्त गर्दै संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा राष्ट्रिय एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउन यो कार्यालय महत्वपूर्ण हुने धारणा राखेका थिए। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend