काठमाडौं । सामाजिक सुरक्षा कोषले विभिन्न तहमा कर्मचारी भर्ना गर्ने भएको छ। कोषले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै नवौं तहदेखि चौथो तहसम्मका पदका लागि आवेदन आह्वान गरेको हो।
सूचनाअनुसार प्रशासन, वित्त, लगानी, कानुन, कम्प्युटर इन्जिनियरिङलगायतका समूहमा गरी १६ जना कर्मचारी आवश्यक रहेको छ। कोषले योग्य, सक्षम र इच्छुक नेपाली नागरिकलाई प्रतिस्पर्धामा सहभागी हुन आग्रह गरेको छ।
उमेर हदतर्फ चौथो तहका उम्मेदवारले १८ वर्ष पूरा गरी ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने पाँचौं तहका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ। त्यसैगरी आठौं र नवौं तहका पदमा आवेदन दिन चाहनेको उमेर ४० वर्ष ननाघेको हुनुपर्नेछ।
योग्यता पूरा भएका इच्छुक उम्मेदवारले माघ २९ गतेभित्र आवेदन दिन सक्नेछन्। तोकिएको म्यादपछि दोब्बर दस्तुर तिरेर फागुन ७ गतेसम्म आवेदन दिने अवसर पनि खुला गरिएको छ। सामाजिक सुरक्षा क्षेत्रमा करियर बनाउन चाहने युवाका लागि यो अवसर महत्वपूर्ण मानिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend