खबरब्रेकिंग,काठमाडौँ, बैशाख ८ गते । अर्घाखाची जिल्ला सन्धिखर्क नगरपालिका वडा नंं. १ निवासी मनिष पराजुलीको परिवार यतिबेला निकै पीडामा छ । आइटि इन्जिनियर पढेर स्टुडेन्ट भिसामा अस्ट्रेलिया गएकाे पाँच महिनामै घाटीमा समस्या देखा परेपछि छाेरा २४ वर्षिय मनिष पराजुली उपचार गर्न नेपाल आएका हुन । डाक्टरकाे सल्लाह अनुसार ईन्डिया एपाेलाे हस्पिटलमा उपचार गर्न गएपछि रिपोटमा Salivary Gland क्यान्सर देखा पर्याे, उक्त खबरले हामी छागाबाट खसे जस्ताे भयाैं, धेरै आँशु बगे, मुटु निकै भारी भयाे तर पनि उपचारमा कमी हुन दिएका छैनौं । बिगत पाँच महिना देखी ईन्डिया अपोलो हस्पिटलमा उपचारमा दुइ ओटा घाटीको अप्रेसन, Radiotherapy र Chemotherapy र विभिन्न test गर्दा धेरै खर्च भइसकेको छ । छाेराकाे उपचारका लागि हामीले भएभरकाे पैसा सकिसक्याैं र बाकी अझै उपचारको लागी धेरै खर्च लाग्ने अस्पतालले जनाएको छ र अब आर्थिक अभावका कारण छाेराकाे उपचारका लागि आर्थिक सहयाेगकाे लागि हजुरहरू माझ बिन्ती बिसाउनुपर्ने अवस्था आयाे, अब हामीसँग केहि उपाय छैन, हजुरहरूकाे थाेरै, थाेरै सहयाेगले हाम्राे छाेराले पुर्नजीवन पाउन सक्छ, हामी अहिले पैसाकै अभावले छाेराकाे उपचार गर्न सक्दैनौं की भन्ने चिन्तामा छाैं, हामी निकै आत्तिएका छाैं । हाम्राे पीडामा, हाम्राे दुखाइमा यहाँहरूले सान्त्वना व्यक्त गर्नुहुनेछ भन्ने आशामा छाैं । भएभरकाे सबै पैसा सकिएको र अन्तिम परेपछि आर्थिक सहयाेगकाे लागि अनुराेध गरेका हाैं, कृपया हाम्राे पीडा, हाम्राे छट्पटी,देखिदिनुहुन, हाम्राे राेदन सुनिदिनुहुन, जति सक्नुहुन्छ सहयाेग गर्नुहुन अनुरोध गर्दछौ , हाम्रो छाेराे बचाइदिनुहाेस, हजुरहरूकाे गुन कहिल्यै बिर्सने छैनौं, हजुरहरू प्रति सधै ऋणी हुनेछौं । सहयोगको लागि निम्न खाता र इसेवा आइडिमा यहाँहरूले सहयाेग गर्न सक्नुहुनेछ ।
A/C name:
RADHA PARAJULI
A/C no: 3125751025796001
NIC Asia Bank Limited
Branch : Dhungedhara Nursery Chowk Branch
Esewa ID: 9847236880 RADHA PARAJULI
#help #helpinghands #getwellsoon
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend