सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

‘गणपति’ फिल्मको ‘ए मेरी आमा’ बोलको गीत सार्वजनिक

‘गणपति’ फिल्मको ‘ए मेरी आमा’ बोलको गीत सार्वजनिक

खबरब्रेकिंग,काठमाडौं, बैशाख ७ गते । आज बिहीबार मातातीर्थ औँसीको अवसर पारेर ‘गणपति’ फिल्मको ‘ए मेरी आमा’ बोलको गीत सार्वजनिक भएको छ । संवादसहित तयार गीतमा अभिनेता मुकुन भुसाल र सुर्यमाला खनालको अभिनय छ ।

फिल्मको निर्देशन सबिन अधिकारीले गरेका हुन् । निर्देशक अधिकारीकै शब्द तथा सङ्गीत रहेको गीतमा प्रवीण भेडुवालको स्वर छ ।

फिल्ममा मुकुनको अलावा मेनुका प्रधान, कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेल लगायतको अभिनय रहेको छ । फिल्मका निर्माता लक्ष्मण थापा हुन् ।

https://youtu.be/jYxIUXTSw-A

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend