खबरब्रेकिंग,काठमाडौँ, बैशाख ४ गते । पाँचदलीय गठबन्धनले बैशाख ७ गते बारा २ को बरियारपुरमा चुनावी सभा गर्ने भएको छ । गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहेको सो क्षेत्रमा बैशाख ७ गते सभा गर्न लागिएको हो ।
चुनावी सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल,लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर लगायतका गठबन्धन दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपाका एक नेताले जानकारी दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend