भक्त केसी
खबरब्रेकिंग,काठमाडौं चैत्र २२ गते । नेपाल राजनेताले वैकल्पिक विकासको उद्देश्य, स्थानीय पूर्वाधार विकास नीति नलिएकोले लामो समय देखि विकास निर्माणका कार्य ठप्प छन् ।भौतिक पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, सांस्कृतिक विकास, भाषिक विकास नभए सम्म राष्ट्र निर्माण हुन सक्दैन ।विकास गतिशिल प्रक्रिया हो,नेपाल जस्तो अतिकम विकसित देशमा विकासको चाहना भनेको गाँस, बास र कपास नै हुन् । पछिल्लो समय विकास र समृद्धिको कुरा आवश्यकताभन्दा बढी नै भइरहेको पाइन्छ । देशका नागरिकलाई के आवश्यक छ। मतलब छैन । रेल पानी जहाज ठुला कुरा हामी सोची राख्दा कल कारखाना , उद्योग ,व्यापार , बाटो घाटो, खेति, पाती कृषि, खाने पानी , ढल निकास , फोहर मैला , न्यूनतम आवश्यकता भुलेको पाइन्छ । नेपाली नागरिक को जीवन यापन , नेपाली जनताको क्षमता को ख्याल नरहेको देखिन्छ ।नेतादेखि नागरिकसम्म, कर्मचारीदेखि विद्यार्थीसम्मले दैनिक भोग्दै आएको समस्याको हल खोज्ने कुराहरु ख्याल ठट्टा , भाषण , गोस्टी मा मजाक बनाइन्छ ।पछिल्लो समय विकास र समृद्धिको कुरा आवश्यकताभन्दा बढी नै भइरहेको थियो ।प्राकृतिक स्रोत विकासको बाटो रोज्नु कहाँ हो कहाँ आकासका तारा झार्ने कुरा गर्ने नागरिक अल्मलाउने देखि केहि भएँन , सबै पार्टीका मन्त्रि प्रधान मन्त्रि र सरकारी निकाएका कर्मचारीले छातीमा हात राखेर बोल्न सक्छन , ? राष्ट्र प्रति बफादारी निभाएका छौ भनेर , हामीले विकासलाई नीतिगत बनाउनुपर्दछ ।
एउटा अर्थमन्त्रीले गरेको व्यवस्था अर्को अर्थमन्त्रीले काट्छ । यसले विकासलाई लथालिङ्ग पारेको अवस्था छ । आफ्नो पार्टीलाई प्रचारमा ल्याउने खालको कार्यक्रम ल्याउने र अर्को पार्टीको सरकार बन्दा बित्तिकै त्यसलाई पनि आफ्नै पार्टीको प्रचार गर्ने खालको कार्यक्रम चाहिने हाम्रो विकासे परम्परा छ । कतिपय अवस्थामा साझा कार्यक्रमलाई पनि फलानो पार्टीकै हो भन्ने र त्यो पार्टीले पनि आफ्नै दावी गर्ने परम्परा नेतासँग छ । यो परम्पराले विकासमा राजनीतिसंग नागरिक बॉडिएका छौं ।
देशका नागरिक हामी जनता विकास – विकास भनेर काकाकुलजस्तै भएका छौं, विकासका सम्भावना त्यसै खेर गएका छन् । हाम्रो गाउ,सहर , गाऊपालिका, नगरपालिका, महानगरपालिका को विकास गरिदिने कोही भगवान प्रकट हुन्छ कि भनेर हामी पर्खिरहेका छौं । यो सायद मृगतृष्णा हुनजाला । विकास गर्ने शिक्षाले हो । यो जति ठूलो अस्त्र अर्को छैन । शिक्षाले सम्भावनाको खोजी गर्न सिकाउ‘छ । हाम्रो शिक्षा त्यसतर्फ केन्द्रित छैन बरु बेरोजगार शैक्षिक प्रमाणपत्रधारी जत्था उत्पादन गरिरहेछ र खाडीतर्फ निर्यात गरिरहेछ हाम्रो शिक्षाले युवाहरुलाई । हाम्रो समाज, शिक्षाविद्हरु, राजनीतिज्ञहरु चुपचाप यो सबै मूकदर्शक भएर हेरिरहेका छन् ।
विकास भनेको भौतिक संरचना निर्माण गर्नु हो भन्ने हाम्रो बुझाइ छ । यो बुझाइले मात्र विकासलाई पूर्ण बनाउन सक्दैन । बाटो, पुल, बिजुली, विद्यालय, विश्वविद्यालयलगायतका संरचना बनाउ“दैमा पुग्दैन । मानिसहरुलाई सीप, ज्ञान आदिले सुसज्जित पार्नुपर्दछ । प्राकृतिक साधनस्रोतको संरक्षण पनि विकास हो भन्ने हामीले बुझ्न जरुरी छ । विकास गर्नका लागि हाम्रो शिक्षाले मानिसलाई श्रमप्रति सम्मान भाव राख्न सिकाउनुपर्दछ । आज जति पनि समाज, मुलुक, व्यक्तिहरु माथि उठेका छन् ती सबैको मुख्य कारण श्रम हो । श्रम नगरी कोही माथि उठ्दैन । मानिसलाई सुन्दरता मन पर्छ, सुन्दर चीज श्रमबाट निःसृत हुन्छ । विकास गर्ने कुरा गर्छौं तर विकास कसरी हुन्छ भन्ने मार्ग नै पहिल्याउन सकेका छैनौ ।
बूढा मानिसहरू निष्पक्ष छन् , देशमा उनीहरु मात्र बाकी छन् । युबाहरु विदेश पलायन बढ्दो छ ।मान्छे बुडो भएसी डराउछ । बिभिन्न कारण छन् ।मानसिक रूपमा कमजोरि ,रोग लागेकाले कमजोर, मांसपेशी कमजोरी , बोली र श्रवण समस्याहरू, कमजोर दृष्टि, अबधारणामा कठिनाइ, चरम सुस्ती, मानसिक मंदता ले गर्दा उपस्थित हुन नसक्नु आदि ।
रास्ट्रका लागि नागरिक का लागि मानव अधिकार र मौलिक स्वतन्त्रता र शान्तिका सिद्धान्तहरूमा, मानव व्यक्तिको मर्यादा र मूल्य र सामाजिक न्यायमा विश्वासको पुनजागरण गर्नु पर्ने छ । वृद् वरिष्ठ नेता डराउछ , जोखिम लिन सक्दैन, कडा मेहनत गर्न सक्दैन र कार्यक्रमको लागि धेरै सोच्न सक्दैन अनि कसरि हुन्छ विकास , कसरी हुन्छ राष्ट्र निर्माण ? नेपालका अधिकाम्स नेतालाई बुढेऊली लागि सक्यो । नेपाल निजामती कर्मचारीको आधिकारिक अवकाश उमेर ५८ वर्ष भएकोले, राजनेताको पनि यस्तै केहि तोक्नु पर्छ ।देशमा बजेट घाटा,सबैभन्दा खराब आर्थिक अवस्था ,निष्क्रिय मानसिकता, बुडयूलीले नै हो । अलग देखिनु खोज्नु , विभिन्न बिपरित सोच मानसिकता, अस्वस्थ प्रतिसप्रदा ले गर्दा, विकासकालागि कुनै वैकल्पिक सोच, योजना, दिगो कार्यक्रमहरू दिन सकेको छैन। केवल सोच छ त , तलब भत्ता , औषधि उपचार,सुबिदा भोग , भ्रमण यसो आराम प्रति मात्र चिन्ता छ । कसरि बनन्ला यो देश ।कुनै सुधार छैन।सकारात्मक दृष्टिकोण छैन।वैकल्पिक कार्यक्रम छैन।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend