सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

एमालेमा आफूलाई घचेटिरहे नयाँ कदम चाल्न सक्छुः भीम रावल

एमालेमा आफूलाई घचेटिरहे नयाँ कदम चाल्न सक्छुः भीम रावल

खबरब्रेकिंग, काठमाडौं, चैत्र १४ गते। नेकपा एमालेका नेता एवं पूर्वमन्त्री भीम रावलले एमालेमा आफूलाई घचेटिरहे नयाँ कदम चाल्न सकिने बताएका छन्। धनगढीमा मंगलबार पत्रकार सम्मेलन गर्दै रावलले यस्तो बताएका हुन । अहिलेसम्म एमालेको सदस्यको रूपमा पार्टी काममा लागिरहेको तर, एमालेमा बस्न नदिने उद्देश्यले घचेटिराख्ने हो भने नयाँ पाइला चाल्न सकिने उनले बताए ।

उनले एमालेमा रहन आफूले अन्तिमसम्म प्रयास गर्ने पनि बताए। ‘म त्यो अन्तिम बिन्दुसम्म प्रयास गर्छु’–उनले भने–‘म अहिलेपनि एमालेमै छु,तर, तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्दतिको कुरा गर्न थालिस् अब तँ एमालेको सदस्य बन्न पाउँदैनस् भन्ने हो भने म सोच्न बाध्य हुनेछु।’ नेता रावलले पार्टीमा नबस् भनेर घचेट्या घचेट्यै गरे पनि आफूले नयाँ कदम चाल्नुअघि नेकपा एमालेका इमान्दार कार्यकर्ता र जनतासँग सोधेर मात्रै निर्णय लिने बताए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend