भक्त के सी
काठमाडौं, चैत्र १३ गते । आधारभूत शिक्षा गुणस्तरीय हुनुपर्छ ।आत्मविश्वास र साहस बढाउन हामी सबै चाहन्छौ । हाम्रो अबचेतन मनमा त्यो चाहना रहेको हुन्छ ।आधारभूत मानविय गुण, ज्ञान, सीप, क्षमता र आचरणको आर्जन नै निरपेक्ष गुणस्तरीय शिक्षा हो ।भित्र आत्मबल, साहस र शक्ति कति छ , त्यसपछि; आत्मबल के हो ? सबैभन्दा ठूलो बल हो—आत्मबल । सबैभन्दा शक्तिशाली शक्ति हो- आत्म नै शक्ति भन्ने बुजिन्छ ।संसारमा विद्वान् दार्शनिक, चित्रकार वैज्ञानिक, लेखक गुणस्तरीय शिक्षा र आत्म बलकै कारण हुन् सके । हामी सबै मानिस कुनै न कुनै समय निरास हुने गर्छौ।आफ्नो सपना अनि ईच्छाहरु पूर्ण नहुँदा, आफन्तजन सँग बिछोड हुँदा, आर्थिक समस्या हुँदा, स्वास्थ्य मा समस्या हुँदा निरास हुनु स्वाभाविक हो । मनोदशामा व्यापक तथा निरन्तर रूपमा नैराश्यता, शरीरमा ऊर्जा कमी हुन गई पहिले भन्दा छिटै थकान महसुस हुनु अनि दैनिक गतिबिधि मा कमी आउनु।एकाग्रता तथा ध्यानमा कमी आउनु।आत्मबल तथा आत्मविश्वासमा कमी आउनु ।भविष्य बारे बेरंग तथा निराशावादी सोचाइ आउनु।आफूले आफै लाई हानि गर्ने/आत्महत्या गर्ने सोचाइ आउनु अथवा प्रयास गर्नु। खान–पान मा रुचि न हुनु। गुणस्तरीय जीवनका लागि पौष्टिक र सन्तुलिततत्तवहरू नभई नहुने तत्तवहरू को उपयोग ,बेक्कमापन, असहायता अनि नैराश्यता का भावना ले डिप्रेसन ले घेरि रहेको हुन्छ।तसर्थ लाज न मानी, हिम्मत का साथ अगाडी बड्नु पर्छ ।गुणस्तरीय जीवन निर्वाह गर्न पाउनु सम्पूर्ण मानिसको नैसर्गिक अधिकार हो ।गुणस्तरीय शिक्षा भनेको व्यक्तिको रुचि र क्षमतालाई बुझ्ने, जीविकोपार्जनमा प्रमुख बिषय हो। कहिलेकाहीँ के हुने हो कसो हुने हो भन्ने डर लाग्छ। तर सबैभन्दा पहिले आत्मबल बलियो राख्नु सक्नु पर्छ ।मानसिक तनाव तथा निराशालाई पराजित गरी आत्मबल विकास गर्नु पर्छ ।कसरी हामी आफुलाई आन्तरिक शान्ति पाउन सकिन्छ ?। सामाजिक सञ्जालबाट विश्राम लिनुहोस् ,आफ्नो वरपरको संसारप्रति दयालु हुनुहोस्, सक्दो पैदल यात्रा गर्नुहोस्,जति सक्दो हाँस्नुहोस हसाउनु होस् ,आफैलाई व्यक्त राख्नुहोस्, जीवन दैनिक क्रियासिल बनाउनुहोस ।
काम-सम्बन्धित तनाव वा चिन्ता, ऋण र धन भौतिक सुख, अमनचयन र सेवा सुविधा साथै मनोवैज्ञानिक, सौन्दर्यपरक आदिले काम-सम्बन्धित तनाव वा चिन्ताले तपाईं हामीलाई आफ्नो आन्तरिक शान्ति पाउनबाट जोगाउन सक्छ। हाम्रो दिमाग एक शक्तिशाली चीज हो। जब तनाव हुन्छ, हाम्रो दिमागले हामीमाथि चाल खेल्न सक्छ र हामीलाई सोच्न सक्छ कि सबै कुरा यो भन्दा खराब छ। तर जब हामी तनावमा छैनौं, हाम्रो दिमागले हामीलाई हाम्रो आन्तरिक शान्ति पाउन मद्दत गर्न सक्छ ।यो पारिवारिक जीवनको प्रारम्भिक सफलताको आधार हो। हामीभित्रको हृदयमा प्रेम, शान्ति, करुणा जगाउन सक्नुपर्छ । परिवार, समाज, राष्ट्र परिवर्तन होस् भनेर कामना गर्छौ । जस्तो समाज हुँदैछ, मानिस पनि त्यस्तै हुनेछ र बन्नेछ । अरु परिवर्तन हुनुभन्दा अगाडि आफैँ बदलिनु आवश्यक छ । हामी बसेको गाउँ समाजमा मेलमिलाप, भाइचारा, सहयोगी भावना बनाएर मूल्य मान्यता, संस्कार, संस्कृति, परम्परा, बचाइ राख्न जरुरी छ । अत्यधिक रूपमा बिकृति फैलिएको छ । जघन्य अपराध बढेको बढ्यै छ । हामीले देखेको समाज कस्तो बन्दैछ । जस्तो घटना घट्छ, हाम्रा क्रियाकलाप त्यस्तै हुनेछन् । त्यसकारण समाजको निर्माणको लागि हामी नै सचेत हुनुपर्छ ।
नेपालको आजको समाज बिकृति , कल्पना गर्नु त अबको समाज कस्तो हुन्छ ? मान्छे जति शिक्षित बन्दै गए । उति नै दरिद्र र निरीह बन्दै गइरहेका छन् । सरलताबाट जटिलतातर्फ लम्कँदै छ यो हाम्रो समाज – शिक्षा स्वास्थ र प्रविधिले मान्छेका जीवनशैलीलाई परिवर्तन गराएको छ।, ऋण लिएर घिउखाने गर्छन , मान्छेहरु झन् अल्छी, ढिलासुस्ती हुँदै गए , सजिलोबाट अप्ठ्यारोतिर हुँदै गयो समाज , मान्छेभित्र दया –करुणा, आत्मीयता हराउँदै जादैछ , सेवा परोपकारको भावना हटेर जादैछ , कामको व्यस्तता बढेको छ । एकछिन् पनि आफैंलाई नियाल्ने फुर्सद पाउने छैनन् , रोगब्याधी बडेको छ , नकारात्मक ऊर्जा फैलिनेछ , गलत बाटोतिर लाग्ने गरेका छन् , दिनानुदिन मान्छे कमजोर भएर मानसिक तनाव बढेको देखिन्छ , मानिसभित्र माया–प्रेम, दया–करुणा छैन , अबको मानिसभित्र राक्षसी भावना पलाउँदै गएको छ , मानिसको जीवन अझ कष्टकर बन्दै जाने पक्का पक्कि छ , धन सम्पत्ति पैसा घर–घडेरी मानमर्यादामा उसको इज्जत संग तौलीने गर्छन , अबको समाजभित्र मेलमिलापमा कमी भएर गएको छ , घर–घरमा कलह झैझगडा छ , दाजुभाइ, दिदीबहिनीबीचमै हानाथाप हुनेगरेको छ , मानवभित्रको मानवता हराउदै गएको छ , अझ कल्पना गर्नु त अबको हाम्रो समाज कस्तो हुँदैछ ? लोभलालच, इष्यार्, मोह, अहंकार बढेको बढ्यै छ । मान्छेको नैतिकता खसेको छ । मान्छे अनुशासनहीन भएका छन् । मान्छेहरु जति शिक्षित हुँदै गए, उति नै बिग्रँदै गए । अहिले हामीले देखेको समाजमा मान्छेभित्रको भावना नै बिलाउँदै गएको छ । मान्छेमा करुणा छैन, प्रेम छैन, दया छैन । छ त सिर्फ रिस, इष्र्या, लोभलालच, अहंकार, घमण्ड ।मात्र छ ।
हाम्रो समाजमा नकारात्मक ऊर्जा फैलिरहेको छ । जुन कुराले आजको नवपुस्तामा यसले असर गरेको छ,जीवनशैली, खानपान, लवाइखुवाइ, मूल्य मान्यता, संस्कार, संस्कृति, जीवन चलाउने, गुजारा केमा आधारित हुन्छ । अबको नयाँ पिढीले विश्वास, आस्था, प्रेम, सहानुभूति जस्ता भावनात्मक कुरा बचाइ राख्छन् त अबको पुस्ताहरुले ? यसबारे सोच्ने बेला आएको छ । समाज घरपरिवार राष्ट्रलाई कस्तो बन्ने हो ?, राजनीतिक नेताहरूले भ्रष्टाचार गर्न , लुट, बेइमान लाई झुट, सरकारी जग्गा अतिक्रमण, बेइमानि गर्न सिकाउँछन् ।राज्यमा विकास सुन्य छ , व्यवसायडामाडोल छ , खराब नेतृत्वले विषाक्त बाताबरण बनेको छ , काम गर्ने मनोवृत्ति छैन, कर्मचारी कामचोर छन् , कसरी हुन्छ नागरिकलाई सताउने अलमलाउने घुस पाईन्छ कि भनी आश गर्ने । जबकी उच्च प्रदर्शन गर्ने कर्मचारीहरूको हानि हुन्छ , र खराब कर्मचारी अवधारणको चक्र सिर्जना गर्दा जनता र आफैलाई हानी हुन्छ , कर्मचारीबाट नतिजाहरूलाई प्रेरित गर्ने असम्भव कार्यस्थल संस्कृति निम्त्याउँछ। राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियान साथै अहिलेको समस्या समाधानका लागि तत्काल, मध्यकालीन र दीर्घकालीन रूपमा अपनाउनुपर्ने कार्य योजनाहरू हुनु पर्यो ।विकास निर्माण चलिरहेको परियोजनाहरू छिटो भन्दा छिटो चाँडो पूरा गर्नुपर्छ । राम्रो शिक्षाले व्यावसायिक ज्ञान, सीप र मनोवृत्ति प्राप्त गर्न सकिन्छ ।अभ्यासको सिद्धान्त र सिद्धान्तको अभ्यासलाई बल पुर्याउनु पर्छ । व्यावसायिक पहिचान निर्माण प्रबधंन गर्नु पर्छ,व्यावसायिक संस्कृति अभ्यास हुनु पर्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend