सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

एकीकृत समाजवादी उपाध्यक्ष डा बेदुराम भुसालको नेतृत्वमा सरकारमा जाने तयारी

एकीकृत समाजवादी उपाध्यक्ष डा बेदुराम भुसालको नेतृत्वमा सरकारमा जाने तयारी

खबरब्रेकिंग, काठमाडौं चैत १२ गते। नेकपा (एकीकृत समाजवादी) उपाध्यक्ष डा।बेदुराम भुसालको नेतृत्वमा सरकारमा जाने भएको छ । डा भुसाल राष्ट्रिय सभा सदस्य हुन् ।

अध्यक्ष माधव नेपालले प्रचण्ड सरकारमा डा।भुसालको नेतृत्वमा पठाउन लागेका स्रोतले जनाएको छ । भुसाल एसका संस्थापक महासचिव थिए पछि सो पद घनश्याम भुसालको लागि त्यागेका थिए ।

नेपाल नेतृत्वको सो पार्टीमा उनीसहित १० जना प्रत्यक्ष निर्वाचित सांसद छन् । नेपालबाहेक सबै मन्त्रीको दाबेदार छन् । भुसालसहित नेताहरु प्रकाश ज्वाला र भानुभक्त जोशीलाई मन्त्री बनाउने एसले तयारी गरेको बुझिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend