खबरब्रेकिंग,काठमाडौं, चैत १२ गते। अधिबक्ता अर्जुन कुमार अर्याल नेपाल राष्ट्रिय व्यवसायी महासंघको कानुनी सल्लाकारमा नियुक्ति हुनुभएको छ । शनिबार धुलिखेलमा भएको संघको पाँचौ साधारण सभामा अर्याललाई प्रमाण पत्र प्रदान गरिएको हो । कार्यक्रमका प्रमुखअथिति सभामुख देवराज घिमिरेले अर्याललाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
अर्यालले बैंक तथा बित्तिय सस्थाको ज्यादति बिरुद्ध सर्वोच्चमा मुद्दा समेत दायर गर्नुभएको छ । व्यवसायीको हक हितको लागि निरन्तर आवाज उठाउदै आउनुभएका अर्यालको रिटमा सर्वोच्चमा अदालतले नेपाल राष्ट्र बैंक लाई व्यादर बढाउनको जवाफ माग गरेपछि व्यवसायीका बिच अर्याल लोक प्रिय बन्नुभएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend