सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

गठबन्धन मुलुकको आवश्यकता भए पनि छिनछिनमा नयाँ समीकरण बन्नु देशका लागि घातकः वरिष्ठ नेता झलनाथ खनाल

गठबन्धन मुलुकको आवश्यकता भए पनि छिनछिनमा नयाँ समीकरण बन्नु देशका लागि घातकः वरिष्ठ नेता झलनाथ खनाल

v'nf dGrdf cfof]hLt Pdfn]sf] k|yd /fli6«o k|ltgLwL kl/ifb j}7s;df/]fxnfO ;Djf]wg ub}{ cWoIf emngfy vgfn . tl:j/ k|lbk/fh jGt /f;;

खबरब्रेकिंग, काठमाडौँ २०७९ चैत्र १० गते। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले सरकारलाई पूर्णता दिने र उपनिर्वाचनमा गठबन्धन टिकाइराख्न आफ्नो दलले सम्मानजनक स्थान पाउनुपर्ने दाबी गरेका छन । पार्टी कामको सिलसिलामा पाँचथर पुगेका खनालले शुक्रबार बिहान पत्रकार सम्मेलनमा यस्तो बताएका हुन । सरकार गठन र आसन्न उपनिर्वाचनमा एक सिट दिने सहमति नभए पार्टी सरकारमा नजाने उनले स्पस्ट पारे ।

संघीय सरकारमा प्रतिनिधित्वका लागि तीनवटा मन्त्रालय र उपनिर्वाचन हुन लागेका बारा–२, तनहुँ–१ र चितवन २ गरी तीनमध्ये कुनै एक ठाँउमा आफ्नो पार्टीले साझा रुपमा उम्मेदवारी दिने वातावरण बन्नुपर्ने उनले बताए । गठबन्धन मुलुकको आवश्यकता भए पनि छिनछिनमा नयाँ समीकरण बन्नु देशका लागि घातक हुने उनको टिप्पणी थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend