बिष्णु प्रसाद शर्मा,
नेपाल एउटा स्वतन्त्र इतिहास बोकेको निरन्तर अगाडी नै बढीरहेको मुलुक थियो । स्व श्री ५ महेन्द्रले (१४ डिसेम्वर १९५५ मा) नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्यताका लागी आवेदन दिए पछि भारतको अनुरोधमा तत्कालिन सोभियत संघले यु.एन. ओ.मा भिट्टो लगाई दियो । एक पटक नभएर पटक पटक र सोभियत संघले यति गिरेको अपशव्द प्रयोग गरेर भन्यो, ”बिश्वको नक्सामा नेपाल कहाँ छ ? मलाई थाहा छैन ।” नेपालले आफू सार्वभौमराष्ट्र भएको नक्सा प्रमाणहरु पेश गरे पछि (1955Dec14) मा संयुक्तराष्ट्रको एक सदस्य राष्ट्र बन्न सफल भयो ।
बाइसे चौबिसे राज्यहरुमा बिभाजित भै धेरै राजाहरुले राज गरेको इतिहास भएता पनि कसैको उपनिवेश बनेको र कसैसंग झुकेको इतिहास थिएन । तर आज खै हलि र गोठालाहरुलाई केले गाँजेको छ ? भारतीय तत्कालिन प्र.म. नेहरुले उसको पुस्तक डिस्कोभरी अफ इण्डियामा लेखेका छन् भारतको एक मात्र स्वाधिन राज्य नेपाल हो, जुन उत्तर पूर्वी सीमानामा अवस्थित छ । यसको अर्थ के हो भने उनले नेपाललाई स्वतन्त्र र सार्वभौम राष्ट्रको रुपमा स्वीकार गर्दैनन् । स्वंय भारत नै १९४७ मा ब्रिटिस साम्राज्यवादको पञ्जावाट छुटेको थियो । बैरी भारतवाट हटाउ अभियान नेपालले पनि गरेको थियो बरु । भारतीय बिस्तारवादको द्धैध चरित्र पहिला देखि नै थियो र नेपाललाई हेप्न खोजिरहन्थ्यो । केही राजनीतिक दलहरु भारत र पश्चिमाहरुको काम गर्नेहरु हुन । हाम्रो गौरवमय इतिहास थियो त्यसलाई मेटाउन हरतरहले लागी परेका छन ।
नेपालको पानी माथि भारतको नियन्त्रण जमाउन पहिलाको जल स्रोत मन्त्रालयलाई खारेज गराएर उर्जामन्त्रालय बनाउने काम गर्यो । यस्ता घृणित कार्य गर्न गराउन नेपालका दलियताका हिमायतीहरुको पूर्ण संलग्नता रहेको छ । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक हुन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend