खबरब्रेकिंग, काठमाडौँ, २०७९ चैत्र ९ गते । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि टेलिमेडिसिन सेवा शुरू गर्ने भएको छ । वैदेशिक रोजगारमा जाने कामदारको हकहित संरक्षण गर्ने उद्देश्य लिएको बोर्डले हप्ताको दुई दिन शुक्रबार र आइतबार टेलिमेडिसन सेवा प्रारम्भ गर्ने बताएको छ । बोर्ड र बीर अस्पतालबीच यसबारे सम्झौतापछि टेलिमेडिसिन सेवा शुरु हुन लागेको हो ।
दूर–चिकित्सा अर्थात् टेलिमेडिसिन चिकित्सा क्षेत्रमा भएको नवीनतम विकास मानिन्छ । वैदेशिक रोजगारमा रहेका कामदार विभिन्न रोगबाट पीडित हुने भएपनि समयमा चिकित्सकको उचित स्वास्थ्य सल्लाह नपाउँदा रोग लुकाएर बस्ने गरेका छन् ।
बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले विभिन्न प्रविधिको प्रयोग गरेर विदेशमा कार्यरत कामदारलाई नेपालबाट चिकित्सक वा स्वास्थ्यकर्मीसँग परामर्श लिएर उपचार तथा सल्लाह दिइने बताए । कार्यक्रममा बोर्डका निर्देशक राजन पौडेलले बोर्डले गरेका सेवा प्रवाहका काम र उपलब्धिबारे जानकारी दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend