सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

फेरि सुनको भाउ बढ्यो

फेरि सुनको भाउ बढ्यो

खबरब्रेकिंग, काठमाडौँ, २०७९ चैत्र ९ गते । आज बिहीबार फेरि सुनको भाउ बढेको छ । बुधबार प्रतितोला २ हजार रुपैयाँ घटेको सुन बिहीबार १२ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा सुनको कारोबार भएको छ ।

बुधबार १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि आइतबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख १० हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ । चाँदी भने प्रतितोला २५ रुपैयाँ बढेर १३६० रुपैयाँमा कारोबार भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend