खबरब्रेकिंग,काठमाडौं २०७९चैत्र ८ गते। युवा व्यवसायी राज कार्की नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको कोषाध्यक्षमा निर्वाचित भएका छन् ।आइतबार सम्पन्न दोस्रो महाधिवेशनबाट कोषाध्यक्षमा उनी सर्वसम्मत निर्वाचित भएका हुन् ।

कार्की कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौंका अध्यक्ष समेत हुन । यस अगाडिको कार्यकालमा उनले महासंघको केन्द्रीय सदस्य तथा बागमती प्रदेशको सचिव भएर काम गरेका थिए ।महासंघको कोषाध्यक्षमा सर्वसम्मत निर्वाचित गराउन भूमिका खेल्ने देशभरका सम्पूर्ण प्रतिनिधिहरुमा कार्कीले आभार व्यक्त गरेका छन्।
महासंघको कोषलाई व्यवस्थित गर्दै पारदर्शी रुपमा आर्थिक गतिविधि सञ्चालन गर्ने र कोषलाई थप विस्तार गर्ने उनको प्रतिबद्धता छ । कार्कीले नेतृत्व गरेको कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौं उत्कृष्ट जिल्ला कार्यसमिति समेत बन्न सफल भएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend