सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आज देश सत्ताको गोलचक्करमा घुमिरहेको छ

आज देश सत्ताको गोलचक्करमा घुमिरहेको छ

डा डी आर उपाध्याय
खबरब्रेकिंग,काठमाडौं २०७९चैत्र ८ गते। प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट बिश्वासको मत लिएका छन । अब सरकार बिस्तार गर्ने कुरामा उनको ध्यान केन्द्रित हुने छ । आज देश सत्ताको गोलचक्करमा घुमिरहेको छ। देशको उन्नति प्रगति गर्ने कुरामा राजनीतिक दल र तिनका नेताहरुको पटक्कै ध्यान गएको देखिदैन ।आज देशको राजनीति सहि बाटोमा जान नसक्दा अनेक खालका समस्या आउने सम्भावना देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतीको कुरा उठाइरहेका छन । यता एमालेका नेताहरुले एमाले बिना कस्तो राष्ट्रिय सहमती बनाउन खोजेको भनेर प्रश्न उठाइरहेको छ । आज दलहरु आ आफनो स्वार्थमा लिप्त छन । राष्ट्रिय सहमतीको नाममा राजनीतिक दल र तिनका नेताहरुले मुलुक लुटने काम गर्दै आएका छन । आलोपालो सत्तामा जानेहरुले देशको ढुकुटी सिध्याएर मुलुक थप संकटमा पर्दै छ । अब देशको बारेमा चिन्ता गर्ने राजनेताको खाँचो छ । अहिलेका नेताहरु खासै इमान्दार देखिएनन् । लामो समय देखि यीनै नेताहरु दोहोरीदै नेतृत्व र सत्तामा आइरहेका छन । जनता नेतृत्व प्रति वाक्क दिक्क छन । जनताका समस्याहरु दिनौं बढदै छन । जनताका समस्या प्रति अहिले सम्म बनेका कुनै पनि सरकार गम्भिर बन्न सकेनन् । जसले गर्दा देशमा समस्या बढदै गएको हो ।यति बेला राजनीतिक दलहरुको ध्यान सत्ताको गोलचक्कर तिर छ । राजनीतिक दल र तिनका नेताहरुलाई देश र जनताको कुनै मतलव छैन । आफ्नै व्यक्तिगत स्वार्थ पुरा गर्ने तर्फ दौडिरहेका छन । यो अवस्थाले मुलुक संकट तर्फ छ । सत्ता र शक्तिमा भएका नेताहरू अहिले कसैलाई गन्दैनन् । चिने पनि नचिने जस्तो गरि सिंहदरवार घुमिरहेका छन । अहिलेको सबै भन्दा ठूलो चिन्ता यो हो। बिभिन्न दलका शीर्ष नेताहरु एकलएकल निर्णय गर्दै आफू खुशी काम गर्दै छन । जनताले जिताएर पठाएका सांसद संसद भित्र हाइकाढेर निदाएका छन भने कति पय संसद फेद न टुप्पाको चर्का कुरा गरेर भाषण छाटनैमा ब्यस्त छन । यो कुरा हामी छर्लगं देखिरहेका छौ नी । लोकतान्त्रिक भावना र मर्मविपरीत कोही पनि जान पाइदैन । लोकतान्त्रिक ब्यवस्थामा अधिनायकवादी चरित्र देखाउन मिल्दैन । जनताले सुम्पेको जिम्मेवारी दलहरु र तिनका सांसदहरूले पुरा गरेर देखाउनु पर्छ । होइन भने उनीहरूले गम्भिरताका साथ सोच्नु पर्छ ।दलहरुबीच देखिएको सत्ता स्वार्थको राजनीतिले मुलुक पछाडी धकेल्लिदै छ । गणतान्त्रिक व्यवस्था माथि केही तत्वहरुले खेलवाड गरिरहेका छन । यसमा हामी सबै सचेत बन्न भने जरुरी छ । खासमा यसले जनतामा निम्त्याएको राजनीतिप्रतिको बितृष्णा हो । ति तत्वहरु प्रति दलहरू पटक्कै सचेत देखिन्नन्। आजको आवश्यक सुशासन हो र तत्काल अर्थतन्त्रलाई त्राण दिँदै समृद्धिको यात्रा तय गर्नु राजनीतिको मूल दायित्व हो। यो दिशा तर्फ दलहरु अघि बढनु पर्ने हो, खै कता कता अलमल्लिरहेका छन । राजनीतिमा नीति, निष्ठा, नैतिकता, आदर्श र सिद्धान्त हुनु पर्छ । आज कता कता राजनीतिमा यी सबै कुरा हराउँदै गएको देखिन्छ । जनप्रतिनिधिको मूल काम भनेको कानुन निर्माण हो। आज सांसद्हरुको मुख्य ध्यान भने कानुन निर्माणमा नभई सत्तामा पुग्ने र मन्त्री बन्ने देखिन्छ । यस्तो संस्कारले मुलुक लाई अघि बढाउन सकिदैन । संसद्को नियमित बैठकमै सांसदहरूको गणपूरक संख्या पुग्न नसकेर बैठक स्थगित भएका धेरै घटना छन । यो जनप्रतिनिधिको गैरजिम्मेवारीपन हो ।राजनीतिक दल र तिनका नेताहरुको ध्यान देश र जनतामा नभई सत्तामा छ । मुख्य दलका शीर्ष नेतामध्ये को प्रधानमन्त्री हुने, कति समय हुने र अर्कोको पालो कहिले आउने भन्नेबाहेक अरु कुरा केही सुनिदैन । मुठीभर नेताको चाहना र उनीहरूको इशारामा मुलुक जनतन चलिरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend