खबरब्रेकिंग, काठमाडौँ २०७९ चैत्र ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले राष्ट्रिय सहमतिको आबश्यकता भएको बताएका छन । सोमबार प्रतिनिधिसभामा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले एमाले र राप्रपालाई विश्वासको मत दिएर राष्ट्रिय एकतामा सहभागी हुन आव्हान समेत गरेका छन ।
उनले राष्ट्रिय हित र स्वाभिमानलाई उच्च प्राथमिकता दिँदै छिमेकी मुलुक र बाँकी विश्वसँग आत्मसम्मानपूर्ण सम्बन्धका लागि राष्ट्र एकतावद्ध हुनु पर्ने बताए । ‘शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन पनि मैले आमसहमति अनिवार्य देखेको छु’, प्रचण्डको भनाइ छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend