सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राजनीतिक संघर्षको इतिहास बोकेको व्यक्ति राष्ट्रपति

राजनीतिक संघर्षको इतिहास बोकेको व्यक्ति राष्ट्रपति

खबरब्रेकिंग, काठमाडौं २०७९ फागुन २८ गते। संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली काँग्रेसका बरिष्ठ नेता राम चन्द्र पौडेल निर्वाचित हुनु भएको छ । आठ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्बाङ उक्त पदका लागि उम्मेदवार बन्नु भएको थियो । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुनु खुसीको कुरा हो । राजनीतिक संघर्षको इतिहास बोकेको व्यक्ति राष्ट्रपति हुनु भनेको देशको इज्जत बढनु हो । राजनीतिक योगदानको हिसाबले राम चन्द्र पौडेल मुलुकको सर्वोच्च पदमा पुग्नु मुलुकका लागी राम्रो कुरा हो । स्वच्छ छवि हुनुभएका पौडेलको मूल्यांकन अब हुने छ । उहाँले राष्ट्राध्यक्षका रूपमा आगामी दिनमा कस्तो भूमिका खेल्दै जानु हुन्छ त्यो भने हेर्न बाँकी छ ।गणतन्त्रलाई संस्थागत गरेर अघि बढनु पर्ने बेला भएको छ ।यति बेला केही तत्वहरु गणतन्त्र बिरोधी नारा लगाउँदै पनि हिडेको सुनिन्छ । यस्ता गतिबिधि प्रति सचेत र सजग बन्नु पर्ने छ । आज देशमा राष्ट्रपतिले प्रमुख भूमिका खेल्नु पर्ने देखिन्छ । अढाई सय वर्ष लामो राजतन्त्रलाई मासेर गणतन्त्र ल्याएको कुरालाई कसैले भुल्नु हुदैन । परिवर्तनका पक्षधर शक्तिहरू जुटेर अघि बढनु पर्ने बेला पनि आएको छ । राजनीतिक दलहरुले बाटो बिराउनु हुदैन ।प्रतिगामी शक्तिहरू सलबलाइरहेका छन । यो बेला राष्ट्रपति संस्था निर्विवाद एवं निष्पक्ष ढंगले खरो उत्रन आवश्यक छ । पौडेलसामु नयाँ संविधानको सफल कार्यान्वयन गर्न÷गराउन अभिभावकीय भूमिका खेल्नुपर्ने ऐतिहासिक दायित्व छ । उहाँले व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर काम गर्नु पर्छ । नेपालमा गणतन्त्र नेपाली जनताको लामो त्याग, तपस्या, संघर्ष र बलिदानबाट स्थापित भएको हो । गणतन्त्र स्थापनाका लागि नेपाली जनताले ठूलो बदिानी गरेका छन । माओवादीको १० वर्षे जनयुद्ध पनि मूल आधार बन्न पुगेको छ । यो कुरालाई सबैले स्वीकार्न सक्नु पर्छ । माओवादी र ७ दलसहित नेपाली जनताको १९ दिने जनआन्दोलनले ठूलो आँधी बेहेरी ल्याउँदा पुर्व राजाले घुँडा टेक्न बाध्य हुनु परेको थियो । र देशमा गणतन्त्र आएको हो । संघीय गणतान्त्रिक राज्य व्यवस्था अंगीकार गरेको झण्डै डेढ दशक पुग्न थालि सकेको छ । नव निर्वाचित राष्ट्रपति राम चन्द्र पौडेलले आमनेपालीको मनोभाव बुझेर काम गर्नु हुन्छ भन्ने धेरैले आशा गरेका पनि छन । राष्ट्रपति राष्ट्रकै गहना हो । सबैको अभिभावक हो । अब राष्ट्रपति व्यक्ति नभएर संस्था बन्न सक्नुपर्छ । विगतमा किन विवादित बनाइयो यो संस्था रु कतै हाम्रा राष्ट्रपतिले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेकै हो त ?

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend