भक्त के सी
खबरब्रेकिंग, काठकाडौं २०७९ फागुन २७ गते । नेपाली नेताको चरित्र चित्रणः कहाँ चुके, मानव जातिले आज नकारात्मक सोच र भावनाहरुलाई सामान्य रुपमा ग्रहण गर्न थालेका छन् । नेताप्रतिको बढ्दो नकारात्मक जनभावना र नकारात्मक सोच मौलाउन पाउने मौका राजनीति दलका नेताले नै दिएका छन् । विभिन्न कोणबाट सकारात्मक र नकारात्मक धारणा सार्वजनिक हुन थालेको छ ।नेपाली समाज निराशाको अँध्यारो सुरुङमा फस्दैछ। अब सकारात्मक सोच विकास कसरी हुन सक्छ? राजनीतिज्ञ तथा नेताको सोच समाजमा राष्ट्र को विकास ,सुशासन प्रगति अनुकुलता हुन्छ भन्ने बिस्वाश गर्नु मुस्किल भैसकेको छ । उस्तै परे दिनमै तारा देखाउने झूट बोल्छन । पछिल्ला विवरणहरू अनुसार नेपालले लिएको जम्मा १७ खर्ब ऋणमध्ये आधाभन्दा बढी वैदेशिक ऋण छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पछिल्लो विवरण अनुसार नेपालकोरकारले तिर्न बाँकी ऋण नेपालको सार्वजनिक ऋण चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा १८ खर्ब ४८ अर्ब १९ करोड रुपैयाँ बराबर पुगेको देखिएको छ । कार्यालयले यस्तो ऋणको विवरण अद्यावधिक भइरहेको र यो सङ्ख्या थपघट हुनसक्ने जनाएको छ।विदेशी मुद्रामा लिएको ऋण विनिमयदरमा भएको वृद्धिका कारण थप पाँच अर्ब ५२ करोड भन्दा बाडी छ ।राजनीतिक नेतामा त्याग, साहस, समर्पण र बलिदानको बाटो समात्न सकेनन , त्यो अविष्मरणीय भयो ।नेपाली मानिसहरुमा एक प्रकारको निराशा छ । अवस्था अत्यासलाग्दो छ । एकछिन पछि के होला वा भोलि के होला भन्ने अनिश्चयले समाजलाई गाँजेको छ । किनकी, हामीहरुमा अब आफूहरुको कोही पनि अभिभावक छैन कि भन्ने अवस्था सिर्जना भइसकेको छ ।देश छाडेर जान खोज्ने मानिसहरुको संख्या पनि ह्वात्तै बढेको छ ।नागरिकमा फैलिएको निराशा ऋण गरिबी तथा भोक र प्यास मेटाउन नगरिकले गरिरहेको संघर्ष भने अत्यासलाग्दो बन्दै गएको छ ।एकातिर, नेपाल बन्ध को आब्हान गरिएको छ । ऋणको भारीले थिचिएको नागरिकहरू ब्याज घट्नु पर्यो भनेर आन्दोलित छन् । बैदेशिक ऋणका कारण नेपालमा नसोचेको खतरामा परेको छ ।चरम आर्थिक संकटमा फसेको छ । मुल्य बृदि ऋणको कारण देखाउँदै आयल निगमले घटाएन इन्धनको मूल्य बढेको छ ।झापाका व्यवसायी दुर्गा प्रसाईँले चलाएको अभियानका कारण केही व्यवसायी हौसिएका पनि छन्। बैंकरलाई कालोमोसो दल्ने भनेर उनीहरुले अभियान चलाउँदा ऋण उठाउन गाह्रो पर्न थालेको बैंकका कर्मचारीहरु बताउन थालेका छन्।‘ऋणको ब्याज घटाउन थोरै मात्र पहल लिने हो भने पनि आर्थिक गतिविधि बढ्छ र ऋण नियमित हुन थाल्छ’, पछिल्ला दिन धितोमा राखिएका सम्पत्तिसमेत बिक्न छाडेको छ, यसले गर्दा बैंकहरुले लिलामीबाट पनि सजिलै ऋण उठाउन सक्ने अवस्था छैन। साना तथा मझौला उद्यम, कृषि उद्यम, होटल तथा पर्यटन, स्कुल/कलेज, निर्माण क्षेत्रका कम्पनीहरु नै ऋण तिर्न नसक्ने अवस्थामा पुगेका कारण आन्तरिक उत्पादनसमेत घटेर जाने देखिन थालेको छ।यस कारण मुल्य बृद्धिलाई रोक्न सकिदैन ।दैनिक उपभोक्ता निकै मारमा परेका छन् ।कतै नेपाल श्रीलंकाको अबस्थामा पुग्ने त होइन भन्ने डर त्रासले घेरेको छ । जानकारका अनुसार श्रीलंकामा संकटको संकेत कैयन वर्षदेखि देखिएकै थियो । जसको एउटा कारण सरकारको गलत नीतिलाई पनि मानिएको छ ।विषेशज्ञहरुका अनुसार पछिल्लो एक दशकको अवधिमा श्रीलंकन सरकारले सार्वजनिक सेवाका लागि विदेशबाट ठूलो आकारमा कर्जा लिएको थियो ।
श्रीलंकामा आम मानिसका लागि अवस्था निकै खराब छ । मानिसहरु अत्यावश्यक सामान खरिद गर्नका लागि घण्टौसम्म लाइनमा बस्न बाध्य छन् । नेपाल का नेता राज्यले समस्या आउनु अघि नै सचेत हुनु पर्छ । नेपालको बिग्रदो अवस्थाप्रति अन्तर्राष्ट्रिय पर्यवेक्षकले पनि चिन्ता व्यक्त गर्न थालेका छन् ।युवा पुस्ता र यसको युवा ऊर्जालाई सही बाटो देखाउनु अत्यावश्यक छ। अन्यथा समाजले सुनौलो भविष्य गुमाउने र पछि पर्नेछ।नेपालको युवा शक्ति सकारात्मक सोच राख्ने परिवर्तनकामी शक्ति मात्रै होइन, मेहनती र इमानदार शक्ति पनि हो। अनवरत काममा लागिरहने जीवन्त कुरामा विश्वास गर्ने शक्ति पनि हो। सामाजिक कार्यमा पनि सक्रियतापूर्वक सहभागी हुने र हुँदै आएको शक्ति पनि हो।युवा शक्तिलाई देश र जनताप्रति सत्य–निष्ठाका साथ समर्पित भएर सुझबुझपूर्वक लाग्ने वातावरण बनाएनौँ। बरु उत्ताउलो, हाहा हुहु गरेर सत्ता वा त्यसको वरिपरि घुम्ने खालको बनाउने काम ग-यौँ र गरिरहेका छौँ।नकारात्मक प्रवृत्ति बन्द गरौ ।सकारात्मक सोच र प्रवृत्ति नै हाम्रो मूल प्रवृति बनोस्।आर्थिक सूचक नकारात्मक हँदै जाँदा उद्योग बन्द भएका छन् ।आन्तरिक स्रोत नै कमजोर भएर आयात बन्द गर्नु पर्ने देखिन्छ ।राजनीति आर्थिक कुशासन र नकारात्मक तथा गलत प्रवृत्ति भएका व्यक्तिहरूका कारण कतिपय मानिस आत्महत्या सम्म गर्ने गरेको उधारण छन् ।बिछ्यौनामा पल्टिन्छौ सुत्न सकिदैन । दैनिक समाचारहरू टिभि च्यानलबाट सकारात्मक समाचारहरू हुदैनन् । सुशासनका क्षेत्रमा रहेका नकारात्मक चिन्तन, प्रवृत्ति हाबी छ ।धैर्यवान्, सौर्यवान् र सच्चरित्रवान् बनाउनेतिर हामी लागेनौँ र लाग्ने कुनै सङ्केत पनि देखाइरहेका छैनौँ। कृषि, उद्योग, विद्युतीकरण, पर्यावरण तथा सामाजिक उत्तरदायित्वसहितको शिक्षा र स्वास्थ्यसँग नयाँ उचाइका साथ अघि बढाउन पुराना सन्दर्भहीन उत्पादन सम्बन्ध र उत्पादन पद्धतिबाट मुक्त हुनैपर्छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend