खबरब्रेकिंग, काठमाडौं २०७९ फागुन १९गते । सरकारले दूधको मूल्य बढाएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको हो। जसअनुसार अब किसानले दूध बेच्दा प्रतिलिटर ६५.५ रूपैयाँ पाउनेछन्। यसअघि प्रतिलिटर ५६.४ रूपैयाँ थियो।
किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेका बेला किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend